इनरुवा चैत्र १३/सुनसरी प्रशासनले कोही कसैसँग हातहतियार भए बुझाउन सर्वसाधारणका नाममा सूचना जारी गरेको छ । बैशाख ३१ गतेको स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै प्रशासनले कोही कसैले इजाजत प्राप्त हातहतियार राखेको भए नजिकको प्रहरी कार्यालयमा बुझाउन भनेको छ ।

हातहतियार खरखजना ऐन २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरुले इजाजत प्राप्त गरी राखेका हातहतियारहरु बुझाउन प्रशासनले सर्वसाधारणसामू अनुरोध गरेको हो । गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै २०६४ वैशाख १५ भित्र अनिवार्य रुपमा इजाजत प्राप्त हातहातियार स्थानिय प्रहरी कार्यालयहरुमा बुझाइनु पर्ने आशयको सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया