१३ चैत्र दिपेन्द्र यादव  इनरुवा। सुनसरी सदरमुकाम इनरूवामा जिल्ला कृषि विकास कार्यालय सुनसरीले दोश्रो चौमासिक खाद्य सुरक्षा अवस्था विश्लेषणको बैठक सम्पन्न गरेको छ।

सम्पन्न बैठक सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खाद्य सुरक्षा समितिका अध्यक्ष गोपाल प्रसाद पराजुलीको अध्यक्षतामा बैठक समपन्न भएको हो। बैठकमा कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रमुख कोष नियन्त्रक बद्री प्रसाद घिमिरे, जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ बाली विकास अधिकृत राजकान्त झा, जिल्ला स्वास्थय कार्यालय सुनसरीका प्रमुख मुकुन्द गौतम, जिल्ला समन्वय समितिका प्रतिनिधी लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

दोश्रो चौमासिक बैठकमा मंसिर देखी फाल्गुन सम्ममा भएको खाद्य उत्पादनको बारेमा बताएका थिए। त्यस्तै खाध्य उत्पादन अरु वर्षको तुलनामा यस वर्ष समयमा अकासे पानी र मौसमले साथ दिएका कारण सुनसरीमा खाद्य सुरक्षाको अवस्था मजवुत रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया