१४ चैत्र, काठमाडौ । एनसेलका ग्राहकले अब लोकल कलको दरमा नै विश्वका विभिन्न ३० मुलुकहरुमा कुरा गर्न सक्नेछन् । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यही सोमबार (चैत्र १४) देखि लागु हुने गरी नयाँ योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले कर बाहेक मात्र रु १.९९ प्रति मिनेटमा ती ३० मुलुकमा कुरा गर्न सक्नेछन् । १५ दिनसम्म लागु हुने उक्त याेजनामा एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिनकाे साथै लोकल कल सरह विदेशमा कुरा गर्न सक्नेछन् ।

 भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिङ्गापुर, स्विडेन, न्युजिल्यान्ड लगायतका देशहरुका लागि यो योजना लागु हुनेछ । हाल यी देशहरुका लागि शुल्क प्रति मिनेट कर बाहेक रु १.९९ देखि रु ४८.९९ सम्म रहेको छ जस्तै अमेरिकाको लागि प्रति मिनेट रु १.९९ र अस्ट्रेलियाको लागि प्रति मिनेटरु १५ रहेको छ ।

यो याेजना अन्तर्गत सबै ३० मुलुकका लागि शुल्क कर बाहेक प्रति मिनेट रु १.९९ कायम गरिएको छ । एनसेलका ग्राहकले एस्ट्रिक्स् १७१०७ ह्यास डायल गरी योे योजनामा निःशुल्क सहभागी हुन सक्नेछन् । साथै ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर वा १७१०७ मा डायल गरी प्राप्त जानकारी अनुसार पनि योे योजना सुचारु गर्न सक्छन् ।

ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने एनसेलको प्रतिवद्घता अनुरुप ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । ‘‘यसले हाम्रा ग्राहकलाई विदेशमा रहेका आफ्ना परिवारजन तथा साथीभाईसँग अझ सुलभ शुल्कमा सम्पर्कमा रहन सहयोग पुर्याउने छ,” शर्माले भने । यो योजनामा सहभागी भएका ग्राहकले अंगे्रजीमा ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई यो योजनाबाट बाहिरीन पनि सक्नेछन् ।

तपाईको प्रतिक्रिया