१४ चैत्र, मोरङ । बिराटनगर -१७ स्थित शुक्रबारे हटियामा को १ ह ४६०२ नम्बरको सिटी सफारीको ठक्करबाट साईकलमा सवार सोही ठाउँका २७ बर्षिय राम चन्द्र राम घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने सिटी सफारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी बिराटनगर-३ स्थित शिव मन्दिर नजिकै को ५ प १८०२ नम्बरको मोटरसाइकललाई  बा ११ च ८४८८ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक बिराटनगर-२ बस्ने ४८ बर्षिय मनोज कुमार  केडिया घाइते भएक छन्। उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ भने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया