१४ इनरुवा /सुनसरीको गढी गाउँपालिकामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले  निर्वाचन संयोजन समिति गठन गरेको छ ।  अगुवा नेता अगमलाल चौधरीको संयोजकत्वमा २० सदस्यीय निर्वाचन संयोजन समिति गठन गरिएको हो । चौधरीको संयोजकत्वमा १९ जना सदस्य छानिएका छन् । जस अन्र्तगत विन्देश्वर यादव,विरेन्द्र शाह, अरुणकुमार मोची, रतिलाल उराव, सुरजकुमार दास थारु, बच्चालाल साह,प्रदिपकुमार चौधरी,राजेन्द्र यादव रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा शिखर मरवैता,विष्णु थापा मगर, मोहन मण्डल,नारायण सरदार,नसिर मिंया,भागवत चौधरी,नहरलाल चौधरी,अशोक साह,अजवलाल झाँगड,उजरा चौधरी र रामप्रसाद यादव रहेका छन् । निर्वाचन संयोजन समितिले चुनावी प्रचार र कार्यकर्ता प्रशिक्षण जस्ता कार्यलाई अघि बढाउने छ ।

तपाईको प्रतिक्रिया