इनरुवा चैत्र १४ /मधेश केन्द्रित दलले चुनाव हुनै नदिने बताइरहँदा स्थानीय तहको चुनावी सुरक्षाका लागि खुलाइको म्यादी प्रहरीको आवेदन दिनेमा मधेशी मुलका युवाहरुकै आर्कषण कम छैन् । चुनावमा भाग नलिने भन्दै एकपछि अर्को आन्दोलनका कार्यक्रम संचालन गर्दै चुनावी कार्यक्रम बहिस्कार गर्ने सम्मका निर्णय गरेको मोर्चाले तराई मधेशका जिल्लाहरुमा दबाब मुलक कार्यक्रम चलाइने बताइरँदा म्यादी प्रहरीको आवेदनकालागि सुनसरीमा देखिएको मधेशी मुल सहितका युवाहरुको भिडले चुनावी सरगर्मी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा आवेदनका लागि पुग्नेहरुमा मोर्चाले आफ्नो पकट क्षेत्र मान्ने जिल्लाको दक्षिणी भेगका युवायुवतीको संख्या समेत अत्याधिक छ । भाषी, दुहवी, इटहरी, धरान सहित भित्री ग्रामिण भेगबाट समेत म्यादीका लागि आवेदन बुझाउन घण्टौं पालो कुर्ने युवायुवतीको कमी छैन् । भिड अत्याधिक भएपछि फारम वितरण गर्न र व्यवस्थित पार्न प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया