१४ चैत्र, विराटनगर। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट मृत्यु भएका मोरङका बासुदेव साहका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत रकम दिएको छ।

मोरंग अमाहीवरियाती–७ खयरवनाका बासुदेव साहका परिवारलाई आज जिल्ला प्रशासन कार्यालय मोरङमा भएको एक कार्यक्रमबीच उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले दिएको १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । उहाँले धेरै लामो समयपछि भएपनि सरकारले एकजना पीडित नागरिकलाई राहत दिन पाएकोमा आफूलाई खुसी लागेको बताउनु भयो ।

राहत रकम लिन साहकी श्रीमती उर्मिलादेवी साह, उनका दुई छोरा र एक छोरीले बुझेका थिए । उर्मिलाले लामो समयपछि भएपनि सरकारले आफूहरुको पीडा घटाउन मद्दत गरेकोमा धन्यवाद दिनु भएको छ । २०६७ जेठ ११ गते भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट साहको मृत्यू भएको थियो ।

तपाईको प्रतिक्रिया