१४ चत्र, इटहरी। सुनसरीको इटहरीमा ग्लोरी मिडिया प्रा.लि.ले “रातकी रानी” बोल गितको म्युजिक भिडियो सार्वजनिक गरेको छ । इटहरी स्थित प्रिमियर होटल स्कुलमा सोमवार पत्रकार सम्मेलन गर्दै भिडियो सार्वजनिक गरेको हो ।

रुद्र श्रेष्ठको शब्द एवं संगित रहेको छ भने रिकेश बज्राचार्यले एरेन्ज गरेका छन् । “रातकी रानी” बोलको गित भने गायक रक्षक राईले गएका छन् । पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियो इटहरीेमा रेर्कडिङ गरिएको सो गितको म्युजिक भिडियो भने बसन्त राईले निर्माण गरेका हुन् । निर्देशन शिर कुमार साम्पाङ्गले गरेका छन ।

भिडियोमा अभिनय भने सवना श्रेष्ठ, सुरेन्द्र दर्नाल प्यासी, सबिना याक्खा राई,  बसन्त राईको रहेको छ । इटहरीका पत्रकार प्रेम बास्तोलाले भिडियो सार्वजनिक गरेका थिए । म्युजिक भिडियोको छायाँकन भने इटहरीउपमहानगरपालिका स्थित तालतलैया,र सुन्दरहरैँचा नगरपालिका मोरङ्गको गोकुलम रिसोटमा गरिएको छ ।

तपाईको प्रतिक्रिया