इनरुवा चैत्र १५ सुनसरी/ सम्भावित विपद्ले स्वास्थ्यमा निम्ताउन सक्ने खतराको पूर्वानुमान गर्दै सुनसरीमा पूर्वतयारीका कार्यहरु अघि बढाइने भएको छ । विगतका वर्षहरुमा हावाहुरीको मौसममा आगलागीबाट हुँदै आएको धनजनको क्षति र गर्मिका कारण मानव स्वास्थ्यमा निम्तन सक्ने समस्या न्यूनिकरणकालागि सुनसरीका सरोकारवालाहरु एकजुट बनेका छन् ।

कार्यक्रममा वर्षातको समयमा सप्तकोशी सहितका नदीको बाढी पश्चात मानव स्वास्थ्यमा पर्न सक्ने असरलाई समेत मनन गर्दै पूर्वतयारीमा जुट्न आवश्यक सामाग्री र जनशक्तिको पर्याप्तताका बारेमा जानकारी गराइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य प्रमुख मुकुन्द गौतमले खासगरी गरी विपद्को अवस्थामा स्वास्थ्य र पोषणका सवालमा अपनाइनु पर्ने सावधानी र तयारीका बारे जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया