इनरुवा चैत्र १५/संघीय लोकतान्त्रिक गठबन्धनमा आवद्ध मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय सुनसरीमा समेत प्रर्दशन गरेका छन् । स्थानीय निर्वाचनको विरोध गर्दै आएको मोर्चाले पूर्व निर्धारित तालिका अनुसार आजकालागि जिल्लास्थित निर्वाचन कार्यालय घेराउको कार्यक्रम तय गरेको थियो ।


पपुलर चोकमा भेला भएका मोर्चा कार्यकर्ताहरुले कालो झण्डा सहित बजार परिक्रमा गर्दै इनरुवा स्थित रहेको जिल्ला निर्वाचन कार्यालय अगाडी पुगेर नाराबाजी सहित प्रर्दशन गरे ।


मोर्चाले कार्यालय घेराउ गर्ने भनेपनि केहिबेर सडकमा उभिएर नाराबाजी गरेका थिए । मोर्चाको घेराउलाई मध्यनजर गर्दै निर्वाचन कार्यालय परिषरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । निर्वाचन कार्यालय घेराउ केन्द्रिय तालिका अनुरुपको आन्दोलनका स्वरुप भएपनि मोर्चा कार्यकर्ताको संख्यात्मक उपस्थिती भने निकै कम थियो ।

तपाईको प्रतिक्रिया