नयाँ दिल्ली, कपिल शर्मा तथा सुनिल ग्रोवरका प्रशंसकहरूका लागि  खुसीको खबर रहेकाे छ । कपिलसँगको झगडापश्चात् कार्यक्रम छोडेका भनिएता पनि सुनिल ग्रोवरले कार्यक्रम नछोडेको र उनी सुटिङका लागि फिर्ता भएको बताइएको छ । एएनआईलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले सो कुराको जानकारी दिएको छ ।

सुनिल संगै कार्यक्रमका अन्य सदस्य चन्दन प्रभाकर र अली असगर पनि कार्यक्रममा फिर्ता हुने खबर भारतीय मिडियाहरूले जनाएका छन्र ।  स्मरण रहोस्, केहि दिन पहिले अष्ट्रेलियाबाट दिल्ली आउने क्रममा विमान भित्रै भएको झगडा पछि सुनिलले कार्यक्रमको सुटिङ गर्न अश्विकार गरेका थिए । सुनिलले मात्र नभई कपिलको अभद्र व्यवहारका कारण अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले पनि कपिलको साथ छोडिदिएका थिए । कार्यक्रममा सदस्यको कमी भएकाले कपिलले तापसी पन्नू र मनोज बाजपेयीको कार्यक्रमका लागि राजू श्रीवास्तव, सुनिल पाल र एहसान कुरैशीलाई बोलाइएकाे  बताइएकाे छ।

तपाईको प्रतिक्रिया