इनरुवा चैत्र १६/मनसुन प्राय जेठ महिनाको दोस्रो साताबाट सक्रिय हुने गर्दछ । वर्षाको समयमा सुनसरीका लागि वर्षेनी सप्तकोशी नदीका साथै अन्य खोला सर्वसाधारणकालागि त्रासदी बन्ने गरेका छन् । सोही कुरालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले दुई महिनाअघि बाटै मनसुने योजनाको तयारी सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज डाकिएको विपद् व्यवस्थापन समितिको बैठकमा सम्भावित विपद् र त्यसले पुर्याउन सक्ने क्षतिको आंकलन सहितको पूर्वतयारी अघि बढाउने बारेमा सहमति जुटाएको छ ।प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको संयोजकत्वमा बसेको सर्वपक्षिय बैठकले हावाहुरीको समयमा जिल्लामा आगलागीका घटना अत्याधिक हुने भएकाले सचेतना र क्षति न्यूनिकरणका पहलहरु अघि बढाइने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया