१६ चैत्र, मोरंग। मोरङको मझारे–२ मा हिजो बेलुका करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र साह हुन । बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि बिराट नर्सिङ होम बिराटनगरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि कोशी अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया