१६ चैत्र, मोरंग। दुवै मृगौला खराब भएका झापाका पुराना पत्रकार अमृतलाल श्रेष्ठको उपचार सहयोगार्थ झापाली पत्रकारहरुले आज ५१ हजार ९ सय ५० रुपैयाँ सहयोग प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघको स्थापना दिवशको अवसर पारेर महासंघ झापा शाखाले श्रेष्ठकै घरमा पुगेरे रकम हस्तान्तरण गरेको हो । मेचीनगर १० धुलावारी निवासी ६१ वर्षीय श्रेष्ठ ४ दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय हुनुहुन्छ । सातामा दुई पटक सम्म उहाँको मृगौलाको डाइलासिस गर्नुपर्ने अवस्था भएपनि आर्थिक कठिनाईले नियमित हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया