- बिरेन्द्र शाह

१६ चैत्र, इनरुवा। स्थानिय सञ्चारमाध्यममा जनक स्मृति माध्यमिक विधालय इनरुवाका शिक्षकसंग जोडिएको समाचार प्रकाशित भएपछि उक्त विधालयले आज एक प्रेस विज्ञप्ती जारि गरेको छ।

प्रेस विज्ञप्तीमा लेखिएको छ – उक्त घटनामा यस स्कुललाई दोषी देखाई प्रिन्सिपल स्वयमले अपराधिलाई भगाएको भन्ने समाचारले हामी स्तब्ध भएका छौ। उक्त समाचार आधारहिन, भ्रामक र कपोकल्पीत छ। सो घटनाको विषयमा विधालयलाई जानकारी हुने वित्तिकै विधालयले गर्ने कारबाही अन्तर्गत निज शिक्षकलाई निष्कासन गरिसकिएको र हाल निज शिक्षकसंग विधालयको कुनै पनि सम्बन्ध रहेको छैन। साथै दोषीमाथी कारबाहीको जोडदार माग गर्दै दोषी शिक्षकलाई कानुनी दायरामा ल्याउनको लागि विधालयले गर्ने सम्पुर्ण सहयोग समेत गर्न सदा तत्पर छ।

सोहि घटनालाई लिएर युनियन अफ प्राईभेट स्कुल (युपिएस) इनरुवा तथा स्वतन्त्र शिक्षक युनियन अफ प्राइभेट स्कुल इनरुवाको गम्भिर ध्यानाकर्षण भएको भन्दै छुट्टा छुट्टै प्रेस विज्ञप्ती जारि गरेको छ।

तपाईको प्रतिक्रिया