अमर काफ्ले इनरुवा/ सोचेभन्दा बढी आवेदन परेपछि सुनसरीमा म्यादी छनौट प्रकृया चुस्त बनाउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।
१४ सय ५८ कोटाकालागि सुनसरीमा ५ हजार २ सय १३ जनाको आवेदन परेको छ ।
छनौट प्रकृयालाई चुस्त र पार्दशी बनाउन डिएसपी प्रविण धितालको संयोजकत्वमा टोलीले जिम्मेवारी पाएको छ ।
इनरुवा स्थित पुरानो जेल मैदानमा महिला र पुरुष दुवैका लागि प्रारम्भिक छनौटका प्रकृया चलाइएका छन् ।
बढ्दो गर्मी र घामका बाबजुत आवेदकहरु विहानैबाट घण्टौं लाइनमा छन्  ।
स्वास्थ्य चेकजाँचका साथै खानेपानी, एम्बुलेन्स लगायतको व्यवस्थापन मिलाएर छनौट प्रकृया अघि बढाइएको प्रहरी नायव उपरीक्षक प्रविण धितालले जानकारी दिनुभयो ।
छनौटमा कसरी पर्ने :
म्यादी प्रहरीमा छनौट हुन निम्न स्टेपहरु पार गर्नु पर्ने हुन्छ ।
स्वास्थ्य चेकजाँचका क्रममा दीर्घ रोग भए नभएको सोधिने छ । दीर्घ र गम्भिर प्रकृतिका विरामी सोझै अयोग्य ठहरिनेछन् । निरोगिता प्रमाणपत्र अनिवार्य नगरिएतापनि ब्लड प्रेसर जाँच गरिने छ ।
आँखा राम्रो सँग देख्ने हुनु पर्नेछ । उचाई अनुसारको तौल बढी भएको, बाहिर देखिने घाउ,चोटपटक वा रोग नभएको ।
पुरुषको उचाई घटीमा ५ फिट, महिलाको ४ फिट १० इन्च हुनुपर्ने छ ।
१ किमी दौड १८ देखी ३९ वर्ष सम्मकाका पुरुषले ५ मिनेट र महिलाले ७ मिनेट भित्र र ४० माथिका पुरुषले सो दुरी १० र महिलाले १२ मिनेटमा पुरा गर्नु पर्ने हुन्छ ।
सिट अप १८ देखी ३९ उमेर सम्मका पुरुषले १०, पुस अप १० र महिलाले ७, ७ पटक गर्नुपर्ने हुन्छ । ४० माथिका पुरुषले ५, ५ चोटी र महिलाले ४ , ४ पटक गर्नु पर्ने हुन्छ  ।
माथिका प्रकृया पार गरी उत्रिर्ण भई नाम प्रकाशित भएकाहरु १०० पूर्णाकको लिखित परीक्षामा सहभागि हुन पाउने छन् ।
लिखित पास गर्नेलाई मौखिक परीक्षामा सामेल गराइने छ । समसामयिक विषयवस्तु र घटनाक्रमबारे जानकारी राख्ने व्यक्ति लिखित र मौखिक पास हुन सक्ने छन् । अन्तिम नामावलीमा पर्नेहरु म्यादी प्रहरी बन्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया