इनरुवा चैत्र २०/सुनसरी सँग सीमा जोडिएका सीमामा कडाई गर्न थालिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा भारतसँग सीमा जोडिएका नाकाहरुका दुवै तर्फका सुरक्षाकर्मीले चेकजाँच बढाएका छन् ।
खासगरी भाण्टावारी नाकामा सुरक्षा जाँच कडा पारिएको छ ।
भारतीय सीमासुरक्षा बल एसएसवीले सुनसरीसँग नाका जोडिएका भारतीय क्षेत्रहरु भिमनगर, विरपुर ,वनेलीपट्टीमा सुरक्षा गस्ती समेत बढाउन थालेको छ ।
भाण्टावारी नाकाबाट केहि महिनायता लागुऔषध बारम्बार बरामद हुन थालेसँगै चेकजाँचमा कडाई थालिएको हो ।
लागुऔषध लगायतका तस्करीहरु रोक्ने कार्यलाई प्राथमिकतामा राखेर सुरक्षालाई कडाई गरेकाले केही दिनपछि नेपाली पक्षसँगको बैठक पछाडि संयुक्त गस्तीसमेत थालिने एसएसवीका कमाण्डर निरज कुमारले बताए ।
सुनसरीमा सशस्त्र प्रहरी वलले सीमानाकाका साथै सीमा क्षेत्रसम्म आउने जाने सडकहरुमा समेत बाक्लो सुरक्षा गस्तीलाई बढाउँदै लगेको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया