२४ चैत्र, सुवास संकल्प इटहरी। अलि समय अगाडि पर्व फिल्म को गीत काले दाई बाट नाच्नमा पनि माहिर मानिएका कलाकार हुन् निश्चल बस्नेत । नेपाली सिने जगतलाई केहि नयापन दिन माहिर उनि फेरी पनि कोरियोग्राफर को एक्सन कटमा नाच्दै गरेको हामीले भेटेका छौ ।
सुटिङ्गको लगभग अन्तिममा रहेको फिल्म “दुई रुपैया” को गीतमा उनलाई पुर्वको मोरङ्गमा अवस्थित गोकुलम रिसोर्टमा नाच्दै गरेको भेटेका हौ । राजन राज सिवाकोटीको सब्द तथा राजनकै स्वरमा स्वर मिलाएर मेलिना राईले गाएको “कुटुमा कुटु सुपारी दाना” बोलको गीतमा स्थानिय नृत्यकार भाईबहिनिहरु संगै निश्चल र उनका जीवन संगिनी स्वस्थिमा खड्कालाई छमछमी नचाई रहेका थिए अहिलेका ब्यस्त कोरियोग्राफर कविराज गहतराजले ।
त्यस्तै अर्को रमाईलो र नया कुरा त के छ भने अर्का चर्चित हास्य कलाकार बुद्दि तामाङ्ग “हैट” लाई पनि नाच्दै गरेको देख्न सकिने छ यो गीतमा । उनि पर्दा पछाडि निकै नाच्ने भएपनि पर्दा अगाडी छमछमी नाचेको भने यो पहिलो पटक हो । गीतले एउटा नया रेकर्ड राख्नेमा निश्चल, बुद्धि, स्वस्तिमा, कविराज लगायत पुरै फिल्म युनिट बिस्वस्था छन् ।
भदै २३ गते प्रदर्शन मिति तय गरेको फिल्म “दुई रुपैया” मा अतिथि कलाकारको रुपमा आफ्नो जीवन संगिनी संगै यहि गीतमा मात्रै देखिने निश्चल यस फिल्मको निर्माता हुन् भने उनलाई आशिफ साहले सघाएका छन् । हेर्नुस विस्तृतमा निश्चल बस्नेत र बुद्धि तामाङ्ग “हैट” संग सुटिङ्ग स्थलमै गरिएको रमाईलो कुराकानी :

तपाईको प्रतिक्रिया