२४ चैत्र, सुनसरी। सुनसरीको  कोशी गाउँपालिका -८ मा विहीबार सडक छेउमा रोकी राखेको ट्रकमा बस ठोक्किदा चालक सहित ६ जना यात्री घाइते भएका छन्। विहान ६ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत  जिल्ला विकास समितिको ढाँट नजिकै रोकिराखेको ना २ ख ९०८४ नम्बरको  ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ६ ख १९७८ नम्बरको बस ठोक्किएको थियो।

दुर्घटनाम बसका चालक  सुनसरी ईटहरी-२ बस्ने बर्ष ३८ बर्षिय  नवराज निरौला, जिल्ला पर्वत रम्जा देउराली-६ बस्ने ४८ बर्षिय  तारा बहादुर क्षेत्री, मोरङ उर्लाबारी -४ बस्ने सुरेन्द्र थापा, जिल्ला संखुवासभा मकालु-४ बस्ने २३ बर्षिय  युटिङ शेर्पा, उदयपुर रामपुर ठोक्सीला-२ बस्ने २२ बर्षिय  पुरुषोत्तम कार्की र  तत्काल नाम थर वतन खुल्न नसकेका अन्दाजी २२ बर्षिय एक  पुरुष घाइते भएका छन्। घाइते सबैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया