२४ चैत्र, सुनसरी। सुनसरीको बर्जु गाँउपालिका-४ मा बुधबार भएको आगलागीबाट अन्दाजी १० लाख बराबरको क्षति भएको छ।
आगलागीबाट सोहीठाँउ बस्ने ललित चौधरीको टिनको छाना भएको २ तले घर लगायत घर भित्र रहेका सम्पुर्ण सर सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए। उक्त आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौकी अमडुवाले जनाएको छ।

तपाईको प्रतिक्रिया