- बिरेन्द्र शाह

२५ चैत्र, सुनसरी । नेपाल सरकारले नयाँ संविधानको सफल कार्यान्वयनसँगै जनप्रतिनिधि चयनका लागि आगामी बैशाख ३१ गतेका लागि तोकेको स्थानीय तहको निर्वाचनका लागि सुनसरी जिल्लाबाट फोटो सहितको मतदाता नामावलीमा नाम सूचिकृत ४ लाख २१ हजार १ सय ५९ जना मतदाताले मतदानमा भाग लिनेछन । दुई उपमहानगरपालिका चार नगरपालिका र ६ गाउँपालिका रहेको यस सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाबाट ८० हजार २ सय ८२ जना र इटहरी उपमहानगरपालिकाका ७७ हजार ६ सय ७७ जना मतदाताले आफुले रुचाएको जनप्रतिनिधिलाई मताधिकार प्रयोग गर्नेछन ।

जिल्ला सदरमुकाम इनरुवामा रहेको इनरुवा नगरपालिकाका ३२ हजार १ सय ४५ जना तथा दुहवी नगरपालिकाबाट ३० हजार ६ सय ७२ जना रामधुनी नगरपालिकाबाट ३० हजार ३ सय ५६ जना र बराह नगरपालिकाबाट ६७ हजार ३ सय ९२ जना मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले आँकड दिएको छ ।
त्यसैगरी पछिल्लो समयमा गाउँपालिका घोषित कोशी गाउँपालिकाबाट २२ हजार ७ सय ३० जना, गडी गाउँपालिकाबाट १९ हजार ६ सय ४० जना, देवानगञ्ज गाउपालिकाबाट १९ हजार ४ सय ५६ जना बर्जु गाउँपालिकाबाट १८ हजार ५ सय ६४ जना, भोक्राहा गाउँपालिकाबाट १८ हजार ८ सय ८२ जना र हरिनगरा गाउपालिकाबाट २० हजार ५ य ६१ जना मतदाताले मतदानमा भाग लिने सूचिमा नाम दर्ता भएर आएको पनि जिल्ला निर्वाचन कार्यालय सुनसरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया