स्वागत छ नयाँवर्ष तिमीलाई  
संधै आउने नया वर्ष
यसपालिपनि तिमि आउन लागेकी छौ ।
कति नयाँ वर्ष द्वन्द्वमा विते
कति नयाँ वर्ष अभावै अभावमा विते  ।
कति नयाँ वर्ष वेदना र छटपटीमा विते
आफुत परियो प्रहरीको जागिरे, छुट्टी मिल्दैन्,
त्यसैले तिम्रो र मेरो भेट सुनसरी जिल्लामानै हुने भयो ।
आउ तिमिलाई म रोक्दिन् ,
तर यसपालि तिमि आउँदा मेरा २,३ वटा शर्त तिमिले मानेकै हुनुपर्छ ।
नत्र तिमिलाई आउन दिन्न् ।
तर ममा तेत्रो सामर्थ छैन् ।
तिमिलाई रोक्न पनि त सक्दिन ।
यसपाली तिमी आउँदा प्रत्येक नेपालीमा राष्ट्रप्रतिको जिम्मेवारी बोध हुने शिक्षा छर्दै आउ ।
अरु भन्नु पर्दा २ करोड ८० लाख जनताप्रति माटो प्रतिको माय र देश भक्ति भावना छर्दै आउ ।
स्वागत छ तिमीलाई , स्वागत छ । नयाँ वर्ष २०७४ तिमिलाई स्वागत छ ।
दुर्गाप्रसाद अधिकारी
प्रहरी निरीक्षक(कार्यरत जिप्रका सुनसरी)
९८५२०९०००१

तपाईको प्रतिक्रिया