इटहरी/ नया बर्ष २०७४ को अवसर पारी  इटहरीमा  फेशन परेड हुने भएको छ । परेडमा धरान, इटहरी, दमक, काठमान्डाैं गरी १३ माेडेलहरूकाे सहभागी रहने जनाइएकाे छ । सम्मर ,लेहेंगा, सारी र ब्राइडल लगायतका बिभिन्न सिजनहरू रहने इभेन्ट डाइरेक्टर मनिता तामाङ् एवं निलिमा  थुलुङ्ग पराजुलीले जानकारी दिएकी छिन्। कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरूका साथ राष्ट्रिय स्तरको कलाकारहरु संग संगै खानपिनकाे समेत मज्जा लिन सकिने जनाइएकाे छ ।

इटहरीमै पहिलो पटक अायाेजना गरीएकाे उक्त कार्यक्रमले  नेपालको कला ,संस्कृति ,फेसन तथा पर्यटक क्रियाकलापहरूलार्इ थप टेवा पुग्ने  विश्वास गरीएकाे अायाेजकले जनाएका छन् । कार्यक्रमका इभेन्ट कोडीनेटर जेनिषा पराजुली,  कोरियोग्राफर रोशन श्रेष्ठ,  इभेन्ट मेनेजर कृष्ण श्रेष्ठ रहेका छन् । इटहरी स्थित पहिरन बुटिक तथा रूपकला मेकअप स्टुडीयाेले संयूक्त रूपमा संचालन गर्ने उक्त कार्यक्रमलार्इ  साहारा ग्रुप इन्टरटेन्मेन्ट प्रा.लि.ले व्यवस्गापन गर्ने छ । कार्यक्रम बैशाख २१ गते इटहरी बेङकुइटमा रहने जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया