इनरुवा चैत्र २७/सुनसरी सदरमुकाम इनरुवाबाट एडभान्स एफ.एम. प्रशारणमा आउने भएको छ । जनसेवा मिडिया प्रालिले बैशाखको पहिलो साताबाट प्रशारणमा आउने एफएमको तयारी अघि बढाएको छ  ।  शमशेर आलम अध्यक्ष रहेको प्रालिको प्रवन्ध निर्देशक भने ताविल अन्सारी रहेकाछन् ।


जनसेवा प्रालिले जनशक्ति उत्पादनकालागि आजबाट इनरुवामा १५ दिने आधारभुत पत्रकारिता तथा रेडियो प्रस्तोता तालिम समेत संचालनमा ल्याएको छ । उक्त तालिमको सुनसरीका स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठले उद्घाटन गर्नुभयो । तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिमका सहभागि मध्ये उत्कृष्ठलाई रोजगारीको अवसर दिइने १०१.८ मेगाहर्जमा प्रशारणमा आउने एडभान्स एफएमका समाचार प्रमुख प्रमोद यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया