अमर काफ्ले इनरुवा /जिल्ला निर्वाचन कार्यालय सुनसरीले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै ४ सय २८ जना स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख जानकी कर्णका अनुसार दुई दिने प्रशिक्षण पश्चात स्वयंसेवकहरु गाउँगाउँमा परिचालित हुनेछन् ।


मतदाता शिक्षा सम्वन्धि जानकारी स्थानीयतहमा पुर्याउने कार्यमा खटिने स्वयंसेवकहरुकालागि पूर्वाञ्चल शैक्षिक तालिम केन्द्र इनरुवामा आजबाट प्रशिक्षण थालिएको छ ।


सामाजिक परिचालक, प्राथमिक तहका शिक्षक र स्थानीय स्वयंसेविकाहरु सुनसरीमा मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रममा खटिने  छन् ।एक महिने अवधी घरदैलोमा खटिए वापत प्रत्येक स्वंसेवकले १२ हजार र स्थानीय तहमा अन्र्तकृया वापत थप ३ हजार गरी कुल १५ हजार पाउने छन् ।

तपाईको प्रतिक्रिया