२७ चैत्र, इटहरी। इटहरी सावीक वडा नंम्बर नौ र पन्ध्र हाल इटहरी वडा नंम्बर चौध बाट हिन्दु राष्ट्रको एजेन्डा लिएर मुस्लीम नेता रमजन मियाले वडा अध्यक्षमा उमेदबारी दिने भएका छन । स्थानीय स्वायत्त शासन प्रणाली संबैधानीक राजसस्था र हिन्दुराष्ट्र राप्रपाको एजेण्डा हो भन्दै एक कार्यक्रमका बिच राप्रपाका मुस्लीम नेता मियाले उमेरद्रारी दिने सावजानीक गरेका हुन । उनको उमेरद्रारीले आफ्नो क्षेत्रको बिकास हुनेमा युवाहरु विश्वस्त रहेको र उनलाई जिताउन दिन रात नभनी निर्वाचन प्रचार प्रसारमा सघाउने बताएका छन । उनी मुस्लीम भएको तर हिन्दु राष्ट्रको माग गर्ने नेता भएका कारण मुस्लीम थारु, दलित ,चौधरी तथा हिन्दुवादी हरुले पनी उनलाई जिताउन चुनावी मैदानमा उनीसगै उनको जितको लागी उत्रीने हिन्दु महिलाहरुले बताए ।

मियालाई जाती विषेशको नेता नभएर विकासप्रेमी नेताको रुपमा स्थानीयले चिन्ने गरेका छन । राप्रपाका जिल्ला अध्यक्ष रोहित बहादुर कार्कीले मिया सकरात्मक सोच र जनताको पिर मार्का बुझ्ने नेता भएको कारण मियाको जित शुनीश्चित रहेको उद्यघोष गर्दै आएका छन । तपाईहरु गर्भका साथ आप्mनो साथी तथा हमसफर भन्न रुचाउने व्यक्तिलाई वडा अध्यक्ष पदको कुर्सीमा राखी वडाको विकासलाई तीब्र गतिमा अघि बढाउनु पर्छ । नेता आउँछन्, हात जोड्छन् अनि मत लिएर जान्छन् तर वडाको विकास जहाँको त्यही छ, वडाका बासिन्दाका समस्या सुनीदिने कोही हुँदैनन्, वडामा दैनिक रुपमा बेरोजगार बढेको छ, रोजगारीको अवसरको लागि अहिलेसम्म कुनै पनि नेताले पहल गरेको छैन । तसर्थ आफ्नो कुरा सुन्ने र समस्याको लागि तपाईको साथमा अगाडि आउने नेता रमजन जीलाई साथ दिई अगाडि लिएर आउनोस् भनेर जिल्ला अध्यक्ष कार्कीले अपील समेत गरे ।

तपाईको प्रतिक्रिया