इनरुवा चैत्र २७/सुनसरीको गढी गाउँपालिकाको अध्यक्षका लागि नेपाली काँग्रेसका तर्फका पाँचजना आकांक्षी देखिएका छन् । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनकालागि अध्यक्षको उमेद्वारीका आकांक्षीहरु धेरै देखिएपनि डाकिएको अगुवा कार्यकर्ताको भेलाले पाँचजनाको नाम टुङ्गो लगाएको हो ।

गढी गाउँपालिकामा काग्रेस तर्फका अध्यक्ष पदका आकांक्षीहरुमा विरेन्द्र शाह, विन्देश्वर यादव, श्रीप्रसाद यादव, राजकुमार मण्डल र कपिलकुमार भण्डारी रहेका छन् । अन्तिम नामावलीको छिनोफानो क्षेत्रले गर्ने छ । क्षेत्रले टुङ्गयाउन नसके जिल्लाको निर्णय मान्यकारी हुने कांग्रेसले जनाएको छ । आकांक्षीमध्ये विरेन्द्र शाह र विन्देश्वर यादव दुई मध्ये एकले टिकट पाउन सक्ने अनुमान गरिएको छ । विन्देश्वर सत्तेरझोराका पूर्व गाविस अध्यक्ष हुन । उनले स्थानीय समाजसेवीका रुपमा पहिचान बनाएका छन् । विरेन्द्र शाह युवा नेता तथा पाटीं पंक्तिमा कुशल प्रशिक्षकका रुपमा कहलिन्छन् । शाह विगतमा जिल्ला पार्टी सचिवमा लडेका व्यक्ति हुन् ।

तपाईको प्रतिक्रिया