२७ चैत्र, झापा। भद्रपुर– ८ मङ्गलचोकका देवेन्द्र बस्नेतको चन्द्रा फर्निचर उद्योगमा आज बिहान आगलागी भएको छ ।बिहान २ः४८ बजे करेन्ट चुहिँदा खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । आगलागीबाट उद्योगमा रहेका यान्त्रिक औजार, तयारी फर्निचर, घरायसी सामान, लत्तापकडालगायत जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणका लागि बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकाका वारुणयन्त्र परिचालन गरिएको थियो । स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सक्रियतामा बिहान ६ः५० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नेत्रबहादुर कार्कीका अनुसार आगलागीबाट करिब रू एक करोड २५ लाख बराबरको क्षति भएको छ । क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।

तपाईको प्रतिक्रिया