२८ चैत्र, विराटनगर। नेकपा एमाले विराटनगरले आगामी बुधबारभित्र विराटनगरका सम्पूर्ण वडाका उम्मेदवारहरुको नाम सिफारिस गर्ने भएको छ । विराटनगर उपमहानगर संगठन कमिटिका इन्चार्ज सागर थापाले बुधबारभित्र सबै वडा कमिटीलाई एउटा पदमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको बताउनुभयो।

विराटनगरका १९ वटा वडाहरुमा नाम सिफारिस गर्नका लागि आन्तरिक छलफल र बैठक शुरु भैसकेको छ । प्रत्येक वडामा वडा इन्र्चाज तोकेर काम अगाडि बढाइएको छ । विराटनगरको एक देखि १९ सम्म क्रमस ओम निरौला, राम भण्डारी, इश्र्वर निरौला, नारायण दाहाल, राज मणि न्यापाने, लालबाबु शाह, आमोद कुईंकेल, शैलेस न्यौपाने, देशबन्धु ढकाल, रमेश कोइराला इन्चार्ज बनाइएको छ । त्यसतै रोहित कोइराला, कपिमणि पौडेल, शत्रुघन बिष्ट, बासुदेव दुलाल, प्रदिप शाही, प्रल्लाद बस्नेत, भक्तबहादुर श्रेष्ठ, कांग्रेस राजवंशी र श्याम घिमिरे इन्चार्ज रहेका छन् ।

नगर कमिटिले ६५ जनाको सचिवालय सदस्यसमेत बनाएको छ । आगामी निर्वाचनको मेयरर उपमेयर यही समितिले सिफारिस गर्ने बताइएको छ । नगर कमिटिको निर्देशन भएलगत्तै एमालेमा अब वडाका आकाक्षीहरु पनि बढेका छन् । नगर इन्र्चाज थापाले चुनावको सम्पूर्ण तयारी शुरु भएको र अब उम्मेदवार तय भएपछि चुनावी माहोल तात्ने बताए । त्यस्तै नगर समितिले एकहजार एक सय एघार चुनाव परिचालन समिति बनाएको छ । विराटनगरको विकासको खा“का आउने गरी घोषणा पत्र मस्यौदा समिति समेत बनाइएको छ ।

तपाईको प्रतिक्रिया