२८ चैत्त, विराटनगर। संखुवासभाको खादवारी नगरपालिकाबाट झण्डै एक महिना देखि दुई बालक वेपत्ता भएका छन् । माट्स नेपालले सञ्चालन गरेको बाल कल्याण गृहबाट गत फागुन २६ गतेदेखि वेपत्ता भएका करिव ८ वर्षीय विक्रम तामाङ र सोही उमेरका पुजन खड्का हाल सम्म पनि फेला पार्न नसकिएको बताईएको छ । झण्डै एक महिना देखि पनि खोजी गर्दा पनि फेला पार्न नसकेको बताईएको छ । वेपत्ता बालकहरुको खोजीका लागि सिविन हेल्प लाईन विराटनगरमा जानकारी प्राप्त हुनेवित्तकै खोजी अभियान तीव्र पारिएको प्रमुख बासु अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया