२८ चैत्र, रंगेली। हाम्रो ज्येष्ठ नागरीक हातेमालो समाज रंगेली शाखा कार्यालयले हिजो साविकको ववियाविर्ताका ३० जना ज्येष्ठ नागरीकहरुलाई सम्मान गरेको छ । समाज र राष्ट्रको निर्माणका लागि ज्येष्ठ नागरीकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै हाम्रो ज्येष्ठ नागरीक हातेमालो समाज रंगेली शाखा कार्यालयले सम्मान गरेको हो ।

९० बर्ष भन्दा माथिका ज्येष्ठ नागरीकहरुलाई सम्मान गरेको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै हाम्रो ज्येष्ठ नागरीक हातेमालो समाज विराटनगरका अध्यक्ष लोकनाथ पोखरेलले ज्येष्ठ नागरीकहरु घरपरीवारबाटै अपहेलित हुनु परेको गुनासो गर्नुभयो । उहाँले घरपरिवारले नै ज्येष्ठ नागरीकहरुलाई वास्ता नगर्ने गरेको दृष्टान्त हाम्रो समाजमा रहेकाले घरमै सम्मान पूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले ज्येष्ठ नागरीक अनुभवको खानी भएकाले उहाहरुले सिकेको ज्ञान र सिपलाई पछिल्लो पीडिले सिकेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

हाम्रो ज्येष्ठ नागरीक हातेमालो समाज रंगेली शाखाका अध्यक्ष कृष्णप्रसाद पोखरेलले अहिलेको पुस्तालाई नैतिक शिक्षाको आवश्यक रहेकोमा सवैले सहयोग गर्न आग्रह गर्नुभयो साविकको वविया गाविसका सचिव गजेन्द्र भुजेलले ज्येष्ठ नागरीकलाई राज्यले प्रदान गरेको सेवा सुविधाका बारेमा जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया