२८ चैत्र, बाहुनी। मोरङको बाहुनी ३ सोमबारेमा एक सय किलो खोर्सानीले हवन गरिएको छ । बाहुनी ३ सोमबारेमा रहेको याशोक्यानी भगवती मन्दिर परिसरमा प्रत्येक बर्ष झैं यसबर्ष समेत खोर्सानी होम सम्पन्न भएको हो । त्यति धेरै परिमाणमा खोर्सानी हवनकुण्डमा दहन गर्दा समेत खार नआउने हुँदा टाढा टाढाबाट श्रद्धालु सो ठाँउमा पुग्ने गरेका छन् ।

खोर्सानी होम गर्दै चैते दशैको अवसरमा आयोजित विभिन्न धार्मिक अनुष्ठानसंगै प्रत्येक बर्ष खोर्सानी होम आयोजना गर्ने गरिएको साधक गोपाल कोइरालाले जानकारी दिनुभयो । उहाका अनुसार खोर्सानीले हवन गर्दा वातावरण र ब्रम्हाण्ड नै शुद्ध हुने बिश्वास ब्यक्त गर्नुभयो ।

बाहुनी–३ यसबर्ष समेत खोर्सानी होम हेर्न सुरक्षा निकायका उच्च पदस्थ कर्मचारी, भारतका विभिन्न ठाँउलगायत सुनसरी, मोरङ र झापाका श्रद्धालुसहित देशका विभिन्न ठाँउका सर्वसाधारण खोर्सानी होम हेर्न बाहुनीको सोमबारे पुगेका थिए ।

तपाईको प्रतिक्रिया