इनरुवा चैत्र  २८/सुनसरीको बराह नगरपालिका ९, साविकको प्रकाशपुर ५ मा हिजो भएको आगलागीमा घरबार गुमाएका परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको छ ।आगलागीका कारण घरटहरा जलेका ११ परिवारलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली सहितको टोलीले राहत उपलब्ध गराएको हो ।

 
राहत स्वरुप हरेक पीडित परिवारलाई नगद ५ हजारका दरले सहयोग रकम उपलब्ध गराइएको थियो ।रेडक्रस तथा नगरपालिकाका तर्फबाट पीडित परिवारकालागि चामल, चिउरा, भुजिया, दाल तथा भाँडाकुँडा समेत प्रदान गरिएको थियो ।खाना पकाउने क्रममा बालिएको आगो हावाहुरीसँगै सल्कदा ११ परिवारका २७ घर टहरा जलेका थिए ।

तपाईको प्रतिक्रिया