२८ चैत्र, मोरंग। विराटचौक स्थापनाको २५ औ वर्षको अवसरमा मनाईने रजत महोत्सवको अवसर पारेर सुकुना बहुमुखि क्याम्पसले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मोरङ्गको सुन्दरहरैचामा अवस्थित क्याम्पसको प्राङ्गणमा सोमबार सम्पन्न रक्तदान कार्यक्रममा १ सय ७० पिन्ट रगत संकलन भएको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाईटि विराटनगरको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । क्याम्पसले यहि चैत्र ३० देखि २०७४ वैशाख १ गते सम्म रजत महोत्सव मनाउदै छ भने कार्यक्रमको उद्घाटन राष्ट्रपती विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया