मंसिर ४ इनरुवा/ जिल्ला प्रहरी कार्यालय सुनसरीमा डिएसपी सहित चार इनिसपेक्टरमा हेरफेर भएको छ ।
प्रहरी नायव उपरीक्षक(डिएसपी) श्यामसिङ चौधरी आठ महिना सुनसरी बसाइसँगै इप्रका मिर्चैया सिरहा इन्चार्जका रुपमा काज सरुवा भई गएका छन् ।
त्यसैगरी प्रहरी निरीक्षकहरु अवधलाल यादव इप्रका बसन्तपुर–तेह्रथुम, धनप्रसाद सिवाकोटी जिल्ला ट्राफिक बिराटनगर, सन्तोष पोखरेल लमजुङ र प्रकाश गुप्ता इप्रका झिलझिले झापा सरुवा भएका छन् । सुनसरीमा डिएसपी को आउने भन्ने टुङगो नलागेपनि नयाँ आउने प्रहरी निरीक्षकहरुमा भने नवराज न्यौपाने, मातृका प्रसाद गुरागाई र सुभाष राईको नाम पक्कापक्की भैसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया