२९ चैत्र, विराटनगर। प्रहरीले सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट सोमबार लागुऔषध सहित दुइ जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपिलका-१५ स्थित नौलो पथबाट प्रहरीले जिल्ला धनकुटा आहाले ९ घर भई हाल धरान १५ नौलोपथमा डेरागरी बस्ने बर्ष ४० को सूर्य बहादुर राईको साथबाट १ किलो ८ सय ग्राम गाँजा बरामद गरेको छ भने धरान-१३ स्थित सुम्निमा चौकमबाट सोही ठाउँका १८ बर्षिय आशिष गुरुङको साथबाट १४ एम्पुल टिटी लागुऔषध बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया