२९ चैत्र, मोरङ। मोरङको कानेपोखरी गाँउपालिका-१ स्थित होक्लाबारी बस्ने ६० बर्षिय पोर्ण बहादुर दर्जी सोमबार मृत अवस्थामा भेटिएका छन्।

आइतबार बेलुका घरबाट हिडेका उनलाई आफन्तले खोजी गर्ने क्रममा उनकै घरबाट अन्दाजी ३ किलोमिटर पूर्व सडकको नालामा लडी मृत अवस्थामा भटेपछी प्रहरीलाई खबर घरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दोहमनाबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया