२९ चैत्र, मोरङ। प्रहरीले बेलबारी नगरपालिका ५ कसेनीबाट मंगलबार बिहान सखुवाको काठसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा कसेनी सडक खण्डमा मे १ त ५१४ नम्बरको ट्याक्टरमा लोड गरी ल्याउदै गरेको सखुवाको ३६ क्युफिट गोलीया काठ फेला पारी बरामद गरेको हो।
काठ सहित ट्याक्टरका चालक बेलबारी ५ बस्ने उमेश बिश्वकर्मा, सुजन सुनाम, पुरण माझी, भुने सरदार, मनोज सरदार, मोरङ बनिगामा ३ बस्ने धनपात सरदार, बिनु सरदार र सचेन सरदारलाई नियन्त्रणमा लिईएको हो। पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया