३० चैत्र, विराटनगर। सार्वजनिक सवारी साधनहरुमा सरकारले व्यवस्था गरे अनुसारको सहुलियत पाउन नसकेको जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । केही सार्वजनिकका साधनवाहेक अधिकांशले जेष्ठ नागरिकका लागि छुट्टै सिटको समेत व्यवस्था नगरेको उनीहरुको भनाई छ । महिला तथा बाल बालिका कार्यालय मोरङले आज विराटनगरको आयोजना गरेको जेष्ठ नागरिक हक अधिकार र यातायात व्यवसायीको भूमिका विषयक अन्र्तक्रियामा सहभागि जेष्ठ नागरिकहरुले सो कुरा बताएका हुन ।

जेष्ठ नागरिक जिल्ला संघ मोरङका अध्यक्ष जगतप्रसाद अज्र्यालले जेष्ठ नागरिकहरुले दवाव मुलक कार्यक्रम गर्न नसक्नेहुँदा संवन्धित निकायले ऐन कार्यन्वयनमा जोड दिनुपर्ने बताउनुभयो । जेष्ठ नागरिक क्लव सुन्दर हरैचाका सचिव सत्यनारायण चौधरीले जेष्ठ नागरिक देख्ने वित्तिकै गाडी नरोक्ने गरेको बताउनुभयो । जेष्ठ नागरिकलाई विद्यार्थी जस्तो व्यवहार गर्ने गरेको उहाँको भनाई छ । जेष्ठ नागरिक हकहित संरक्षण मञ्चका डिल्ली पोखरेलले परिचय पत्र अनुसार सहुलियत नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो छुट माग्दा उल्टै यातायातका कर्मचारीले‘हामीलाई सरकारले दिन्छ भन्छन् ।’ जेष्ठ नागरिक संघका मणि अज्र्यालले बढी भीडभाड हुने सार्वजनिक कार्यालयमा जेष्ठ नागरिक हेल्प डेक्स राख्न आग्रह गर्नुभयो । सामथ्र्य समाज विराटनगरका कार्यकारी निर्देशक विमल वस्नेतले अपाङ्गता भएकाहरुलाई बोक्नु पर्छ भनेर गाडी नरोक्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सार्वजनिक सवारीमा बोल्न सक्ने अपाङ्गता भएकाहरुलाई मात्र छुट दिने गरेका छन् ।’ प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले ऐन कार्यन्वयमा प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भीडभाड हुने सरकारी कार्यालयमा जेष्ठ नागरिकका लागि हेल्प डेक्स राख्न कार्यलय प्रमुखहरुलाई निर्देशन दिने बताउनुभयो ।

सगरमाथा यातायातका प्रवन्धक निर्देशक राजकुमार पाण्डेले परिचयपत्र वाहक जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने प्रतिवद्धता जनाउनुभयो । महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत दुर्गा वरालका अनुसार मोरङमा १ लाख वढी जेष्ठ नागरिक रहेका छन् । कार्यालयले हरेक महिनाको ४ र १९ गते जेष्ठ नागरिक परिचय पत्र वितरण गर्ने गरेको उहाँले बताउनुभयो । कार्यालयले जेष्ठ नागरिकका लागि अन्तर पुस्ता कार्यक्रम, सचेतनामुलक कार्यक्रम गर्दे आएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया