३० चैत्र, रंगेली । मोरङ्गको धनपालथान गाउपालिकाले आफनो कार्यालय कर्सिया बजारमा स्थापना गरेको छ । गाऊ पालीकाले मंगलवार एक कार्यक्रम आयोजना गरी स्थानीय राजनितिक दलका प्रतिनिधी, नागरिक समाज र कर्मचारी नागरिकको उपस्थीतीमा कार्यालय स्थापना गरेको हो ।

सर्वसाधारण जनताहरुमा कार्यालयको पहुच पुर्याउने उद्देश्यले कर्सिया बजार स्थित सामुदायीक भवनमा कार्यालय राखिएको कार्यकारी अधिकृत गोपाल श्रेष्ठ बताए । नया संरचना अनुसार मोरङ्गका नोचा, कदमाहा, अमाहीबरीयाती, सोराभाग र दादरबैरीया गा.वि.स.लाई मिलाएर धनपालथान गाउपालिका बनाइएको थियो । सोराभाग गाविसको सिमावर्ती क्षेत्रमा रहेको कार्यालय सारेर कर्सियामा स्थापना गरे संगै सर्वसाधारण जनतालाई सेवा लिन सहयोग पुगेको धनपालथान गाऊपालीकाका प्रशासन प्रमुख हरि प्रसाद पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया