३० चैत्र, मोरंग। मोरङको सुन्दरहरैंचा स्थित विराटचाकमा पहिलो खुल्ला मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । करिब १ लाख भन्दा वढी युवाहरुको साझा सामाजिक संजाल फेसबुकको समुहहरु एम आर आर तथा डव्लु आर आरको आयोजनामा नवको शुभकामना आदन–प्रदान तथा लागु औषध दुव्र्यसनको विरुद्धमा म्याराथुन प्रतियोगिता हुने भएको हो ।

करिब ५ सय जनाको सामुहिक दौडको कार्यक्रम राखिएको सो कार्यक्रममा पुरुस सहभागिले ८ कि.मि.को दौड तय गर्नु पर्ने तथा महिला सहभागिहरुले ४ कि.मी. दौड पुरा गर्नू पर्ने भएकाले विराटचोक देखि सुरु हुने दौड बेलबारी पुगी पुन विराटचौकमै आएर सम्पन्न हुने कार्यक्रम संयोजक खेमराज दाहालले बताए । सहभागिहरूलाई निःशुल्क टि–सर्ट उपलब्ध गराइने कार्यक्रमा पहिलो, दोस्रा, तेस्रो तथा सान्त्वना हुनेलाई क्रमशः १० हजार, ५ हजार ३ तीन हजार तथा १ हजार पुरस्कार प्रदान गरिने छ । पुरुष र महिला दुवैबाट विजेता,उपविजेताहरु लिइनेछ । कार्यक्रम सम्पन्न गर्नका लागि कुल रू. १ लाख ५० हजार खर्च हुने अनुमान गरिएको तथा विभिन्न व्यक्ति र संस्थाहरुबाट स्वत स्फुर्त सहयोगको क्रम जारी रहेको आयोजकले बताएको छ ।

कार्यक्रमको उदेश्य समाजमा लागु औषध दुव्र्यसनबाट ग्रस्त रहेका युवा बर्गहरुमा सचेतता फैलिने सकारात्मक सोचको विकास भएर यस प्रकारका गतिविधिहरुलाई निरुत्साहित गर्न सबैले पहल कदमि गर्न सक्ने कार्यक्रमका व्यवस्थापक अर्जुन गजुरेलले बताए । म्याराथुन प्रतियोगिता कार्यक्रम पछि लागु औषधको विरुद्धमा संस्थाका पदाधिकारीहरुले निरन्तर अनुगमन तथा अन्य सकारात्मक किसिमका गतिविधिहरु आयोजना गरि दुव्र्यसनलाई निर्मुुल पार्ने कोसिस जारी राख्ने डव्लु आरआर प्रतिनिधी मनिला सुवेदीले बताईन । आयोजकले कोसीहरैंचा उधोग वाणिज्य संङ्घमा पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराए्रको हो ।कार्यक्रम २०७४ साल बैसाख २ गते विराटचोक देखि सुरु हुने भएको हो ।

तपाईको प्रतिक्रिया