३१ चैत्र, मिकाइल आलम इनरुवा। मधेशीवादी दलहरु आन्दोलनमै छन ,फेरि देशमा नाकाबन्दी हुने हो कि के हुने हो ? देशमा स्थानीयको निर्वाचन हुँदैछ भन्ने रेडियोमा समाचार सुनेको खोई ?

आफुलाई त केहि जानकारी भएन यी भनाई हुन सुनसरीको साविक गाविस गौतमपुर र हाल हरिनगरा गाँउपालिकाका ५७ वर्षीय वृद्धा
सुकनीदेवी ऋषिदेवको । चुनावको बारेमा सञ्चारकर्मीहरुले गरेको जिज्ञासाको बारेमा ऋषिदेव अगाडि थप्छिन चुनावको हुदैछ भन्ने समाचार रेडियोको माध्यमबाट आफुले सुनेको भएपनि चुनाव कहिले हुने भन्ने बारेमा आफुअझै सम्मपनि अनभिज्ञ रहेको बताईन ।

आगामि वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह निर्वाचनको बारेमा सञ्चारकर्मीले सुनसरीको केहि ग्रामिण क्षेत्रमा गरेको अनुगमनको क्रममा हरिनगरा गाँउपालिकाकी दलित समुदायकी सुकनीदेवी ऋषिदेवसँग आउदै गरेको निर्वाचनको योजनाको बारेमा बुझ्न जिज्ञासा राख्दा सुकनीदेवीले चुनावको बारेमा अनभिज्ञयता जाहिर गरिन ।

उनी एउटा प्रतिनिधि पात्र मात्र हुन उनीजस्ता सुनसरीका ग्रामिण क्षेत्रका हजारौ सर्वसाधारण अझैपनि देश करिब २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनको बारेमा बेखबर रहेका छन । ग्रामिण क्षेत्रका जनताहरुमा पनि खासगरि दलित समुदायका मानिसहरु स्थानीय तह
निर्वाचन आउने मिति नजिकिदै जादा समेत चुनावको बारेमा अनभिज्ञ रहेको पाईन्छ । सुनसरीका ग्रामिण क्षेत्रका जनताहरुमा चुनावी प्रचारप्रसार नहुँदा चुनावको बारेमा अझैपनि सुनसरीका ग्रामिण क्षेत्रका जनताहरु अन्योलमा रहेका हुन ।

नयाँ संरचनामा घोषित सुनसरीको हरिनगरा गाँउपालिका साविक चिमडि गाविसका स्थानीय नरेश शाहका अनुसार गाँउमा नेताहरु चुनावी एजेन्डाहरु लिएर आउने गरेको र आफ्ना नेता ,कार्यकर्ताहरुको घरमा बैठक गरेर जाने गरेकोले चुनावको बारेमा आफुहरु लाई केहि जानकारी नभएको बताउँछन । शाहले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनको बारेमा कुनैपनि राजनितिक दलका कार्यकर्ताहरुले आफुहरुलाई जानकारी गराउन नआएको समेत बताए । शाहको कुरामा आफ्ना कुरा थप्दै स्थानीय सरिता वि.क.भन्छिन् नेताहरु गाँउमा
कार्यक्रम गर्न आएको आफुले नपाएको बताईन ।

नेताहरु आएपनि गाँउका नेता,कार्यकर्ताको घरमा कार्यक्रम गर्ने गरेकोले आफुहरु लाई केहि जानकारी नभएको वि.क.ले सुनाईन । मधेशवादी दलहरु अधिकारको माग राख्दै आन्दोनमा रहेको र संविधान संसोधन मार्फत त्तत्काल उनीहरुको माग सम्बोधन हुने कुनै सम्भावना आफुले नदेखेको स्थानीय बुद्धिजीवी रमानन्द यादव बताउँछन । यादवले सुनसरीको ग्रामिण क्षेत्रका जनतामा मत्तदाता शिक्षाको प्रचारप्रचार हुन नसक्नु र दलका नेता कार्यकर्ताहरु आफ्ना एजेन्डाहरु लिएर अझै पनि ग्रामिण जनतामा नपुग्नुले सुनसरीको ग्रामिण क्षेत्रका जनता स्थानीय चुनावको बारेमा अन्योलमा रहेको बताउँछन ।

तपाईको प्रतिक्रिया