Madhab-Nepal-ko-Ghar-todfod

४ मंसिर, गौर/ रौतहटको गौर नगरपालिका ३ स्थित एमाले नेता माधव कुमार नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । गौर ९ बाट निस्किएको मोर्चा कार्यकर्ताहरुको जुलुसले घरमा तोडफोड गरेको हो ।
नेता नेपालको घर अगाडिबाट जुलुस अघि बढ्दा केही युवाहरुले घरमा ईंटा र ढुंगा बर्साएका थिए भने गेटमा रड र बाँसको भाटाले प्रहार गरेका थिए ।
ढुंगा लागेर घरको सिसा फुटेको छ । मुल गेट पनि कुच्चिएको छ । सो घर नेता नेपालले एक एनजीओलाई भाडामा प्रयोग गर्न दिएका थिए । लामो समयदेखि जारी मधेस आन्दोलनका कारण एनजीओ पनि सो घरमा छैन । घर हाल कोही पनि बस्दैनन् ।

तपाईको प्रतिक्रिया