अमर काफ्ले इनरुवा बैशाख २/एकाएम मौसममा आएको परिवर्तनका कारण पूर्वि तराईका जिल्लाहरुमा आज विहानैबाट असिना सहितको पानी परेको छ ।

विहानी पख सामान्य वर्षा भएपनि त्यसपछि भने अधिकांश स्थानमा बाक्लो असिना परेको छ ।

भारी वर्षा नभएपनि असिना पानीले सुनसरीमा तरकारी वाली र चिचिला लाग्न थालेका आँप लिच्ची सहित मकै र सूर्यमुखी बालीमा नोक्सान पुरयाएको छ ।

जिल्ला कृषि बिकास कार्यालय सुनसरीले तत्काल क्षतिको अनुमान गर्न नसकेपनि मौषमी तथा वेमौषमी तरकारी खेतीलागि पटक क्षेत्र मानिने सुनसरीमा असिना पानीले निकै ठुलो क्षति पुर्याएको अनुमान गरेको छ ।

 

कार्यालय प्रमुख राजकान्त झाले ३० प्रतिशत बढी तरकारी वालीमा नोक्सानी पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो ।

असिना पानीले जिल्लाको दक्षिणी भेगमा लगाइएका बालीमा बढी क्षति भएको र विवरण संकलन गर्ने कार्य भैरहेको कार्यालयले जनाएको छ ।

यसैवीच दिउँसो पख एकाएक पुनः मौसम बदलीभई हावाहुरी चल्दा सुनसरीका धेरै स्थानमा रुख तथा विजुलीका पोलहरु ढलेका छन् । रुढ ढल्दा अवरुद्ध सडक प्रहरीले खुलाएको छ भने पोल ढल्दा अधिकांश स्थानमा विद्युत सेवा अवरुद्ध बनेको छ । मानविय लगायतका अन्य क्षति भने नभएको प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिनुभयो ।

विद्युत प्राधिकरण इनरुवाका अनुसार दक्षिण भेगमा बढी मात्रामा पोल ढलेका छन् । कतिपय स्थानबाट रिपोट आउने क्रम अझै जारी रहेकाले कति पोल ढले भन्ने तत्काल यकिन गर्न नसकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पश्चिम कुशाहा,जुद्धगंज,नरसिंह,जल्पापुर लगायतका क्षेत्रमा ढलेका पोलहरु मर्मत गरी सेवा सुचारु गर्न समय लाग्ने भएकाले आज सबै स्थानमा विद्युत सेवा उपलब्ध हुन नसक्ने जनाएको छ । हावाहुरीका कारण सदरमुकाममा अवरुद्ध विद्याुत सेवा भने साँझसम्ममा सुचारु हुन सक्ने प्राधिकरणले जनाएको ।

तपाईको प्रतिक्रिया