इनरुवा २ बैशाख /हावाहुरीका कारण कटैया प्रशारण लाइनमा समस्या आएपछि पूर्वभर विद्युत सेवा प्रभावित बनेको छ ।
भारतको कटैया हुँदै नेपाल तर्फ विद्युत आपुर्ति हुने कटैया ढल्केवर प्रसारण लाईनमा हावाका कारण क्षति पुगेपछि पूर्वका जिल्लाहरुमा विद्युत आपूर्ति वाधित बनेको छ ।
कटैया ढल्केवर प्रशासरणको १ लाख ३२ हजार के भि विद्युत आपुर्ति हुन नसक्दा पूर्वका अधिकाँस क्षेत्रमा विद्युत सेवा अवरुद्ध बन्न पुगेको दुहवी ग्रिडले जानकारी दिएको छ ।
असिना सहितको हावाहुरीका कारण कटैया क्षेत्रमा समस्या देखिएको बताइएपनि यकिन भने हुन सकेको छैन् ।
मर्मतका लागि प्राविधिक सहितको टोली त्यसतर्फ पठाइएको जनाएको दुहवी ग्रीडले अवरुद्ध लाइन कतिखेरबाट संचालनमा आउने भन्ने यकिन गर्न नसकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया