इनरुवा बैशाख ३ /सुनसरी सदरमुकामइनरुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
१२ वटा स्थानीयतहको निर्वाचनलाई संयोजन गर्न सदरमुकाम इनरुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
इनरुवामा स्थापना गरिएको मुख्य निर्वाचनअधिकृतको कार्यालयले इनरुवा नगरपालिकाको निर्वाचनको नेतृत्व समेत सम्हाल्ने छ ।
मुख्य जिल्ला न्यायाधिस अर्जुन कोइरालालाई सुनसरीको मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
कार्यालय उद्घाटन सत्रमा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्नका लागि सबै तह र तप्काको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
सुनसरीमा २ उपमहानगरपालिका सहित ४ नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया