५ बैशाख, सुनसरी। धरान उप-महानगरपालिका-१५ बाट प्रहरीले सोमबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३० बर्षिय भुवन अधिकारी रहेका छन्। प्रहरीले विशेष सुचनाको आधारमा उनको घरपछाडी ट्वाईलेट नजिकै टिनको बट्टामा लुकाई राखेको अवस्थाम एभिल ५८ एम्पुल, डाईजलोप ५६ एम्पुल, लुपीजैसिक ५६ एम्पुल, गरी जम्मा १७० एम्पुल र स्पास्मोपोस्सीभन १०० गोटी बरामद गरेको छ।

उनलाई अञ्चल प्रहरी कार्यालय कोशी तथा ईलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका अधिकारीलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया