५ बैशाख, सप्तरी।सप्तरीको भारदह १ स्थित राजमार्गमा पिकअप भ्यानको ठक्करबाट मंगलबार एक जना पैदलयात्री घाईते भएको छ।
घाईते हुनेमा भारदह ४ बस्ने नाग मण्डल रहेका छन्। पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको मे १ च ४४९६ नम्बरको भ्यानले पैदल हिडिरहेका मण्डललाई ठक्कर दिएको थियो।
ठक्करबाट घाईते उनलाई उपचारकालागी स्थानिय मेडिकल पठाईएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ। ठक्कर दिने भ्यान र चालकलाई प्रहरी चौकी कोशी ब्यारेजको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया