५ वैशाख, सिरहा। सिरहाको लहानमा भर्खर जन्मेको बच्चा मृत् अवस्थामा भेटिएको छ। लहान नपा. ४ खुट्टीखोला छेउमा ९ महिनाको शिशु(छोरा) जन्माएर फालेको अवस्थामा भेटिएको छ। इलाका प्रहरी कार्यलय लहानका इनेस्पेक्टर जुगेश्वर राउतका अनुसार मंगलबार दिनको करिब १ बजे तिर सालनाल काटेको पलास्टिक र कपडाले बेरेको अवस्थामा खुट्टीखोला छेउमा मृत् शिशु फेला परेका छन्। मृत् शिशु लाई पोष्टमार्टमका लागि राम कुमार शारडा उमा प्रशाद मुरारका स्मारक अस्पताल लहान पठाईएको छ। घटनामा संलगन बच्चा जन्माउने आमाको खोजि भैरहेको इनेस्पेक्टर राउतले बताए।

यता जिउँदै अवस्थामा फालिएको शिशु पछि मात्र मरेको हुन सक्ने स्थानियले वताएका छन् । बच्चा अवैध हुन सक्ने भएकाले समाजिक बदनामी बाट बचनका लागि शिशु फालेको हुन सक्ने स्थानियको भनाई छ।सरगमखबरको सहयोगमा

तपाईको प्रतिक्रिया