इनरुवा बैशाख ५ /संयुक्त मधेशी मोर्चाले सुनसरीमा समेत मसाल जुलुस प्रर्दशन गरेको छ । मधेशी मोर्चा र संघीय गठबन्धनको निर्णय अनुसार मोर्चाले सदरमुकाम इनरुवामा आज साँज मसाल जुलुस निकालेको हो । चुनाव विथोल्ने भन्दै मोर्चा मसाल जुलुस सँगै आन्दोलनको थालनी गरेको हो ।

सद्भावन पार्टी कार्यालयबाट सुरु भएको जुलुस इनरुवा बसचौकमा पुगेर टुङ्गिएको थियो । प्रहरीले मसाल खोस्न खोजेपछि मोर्चा कार्यकर्ताहरु प्रहरीलाई छक्याउँदै सरकार विरोधी नाराबाजी गरेका थिए । अघिल्ला दिनका घेराउ, धर्ना तथा प्रर्दशनका तुलनामा आजको मसाल जुलुसमा मोर्चा कार्यकर्ताहरुको उपस्थिती बाक्लो देखिएको थियो ।

तपाईको प्रतिक्रिया